नेपाली र हिन्दीमा रिलिज हुने गरी चलचित्र ‘साम्राज्य’ बन्ने



काठमाडौं। निर्देशक बाबु बलामीले चलचित्र ‘साम्राज्य’को निर्माण घोषणा गरेका छन् । यस चलचित्रमा भोजपुरी अभिनेता कुन्दन भारद्वाज, देव सिंह र नेपाली कलाकारहरू प्रशान्त ताम्राकार, अनुजा लेप्चाको मुख्य भूमिका रहनेछ ।

निर्देशक बलामीले यो चलचित्र नेपाली र हिन्दी गरी दुई भाषामा रिलिज गरिने बताए । अनुजा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रमा हिराबहादुर लेप्चा र पूर्णिमा लेप्चाको लगानी रहनेछ । जेठ अन्तिमबाट फ्लोरमा जाने चलचित्रमा अन्य केही नेपाली र भारतीय कलाकार छनोटको चरणमा रहेको बताएको छ । चलचित्र एक्सन जनरामा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu