कलाकारका लागि खुसी विज्ञान कार्यक्रम सम्पन्न



काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घ र जीवन विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा ‘कलाकारका लागि खुसी जीवन’ कार्यक्रम सम्पन्न भएको छ। शुक्रवार प्रतिष्ठानको सभाकक्षमा सम्पन्न कार्यक्रममा ७५ जना भन्दा बढी कलाकार सहभागी भएको कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले बताए।

कलाकारको शारीरिक मानसिक र भावनात्मक स्वास्थ्यका लागी सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ रमेश नेपालले दैनिक जीवनमा आउने संवेग उत्तेजना र अस्थिर मनलाई कसरी व्यवस्थापन र खुसीमा रूपान्तरण गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराए।

कलाकार सङ्घका अध्यक्ष निरौलाले मानव जीवनमा आइपर्ने विभिन्न समस्या निराकरणका लागि मनलाई स्थिर बनाउनुपर्ने र त्यसका लागि चक्रको सन्तुलन हुनुपर्ने अनुभव कार्यक्रमबाट लिएको बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu