‘महाजात्रा’को पहिलो दिनको व्यापार १ करोड २३ लाख



काठमाडौं। शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाजात्रा’ले पहिलो दिन १ करोड २३ लाख बराबरको ग्रस व्यापार गरेको बताइएको छ। निर्माताले सार्वजनिक गरेको आँकडा अनुसार शुक्रवार २५० भन्दा धेरै शो हरूमा करिब असी प्रतिशत अकुपेन्सी रहेको थियो।

शनिवार केही शो हरू थप भएका छन्। सार्वजनिक बिदाको कारण शनिवार चलचित्रको व्यापारमा थप वृद्धि हुन्छ। आइतबार समेत होलीको सार्वजनिक बिदा भएकोले पहिलो सप्ताहान्त उल्लेखनीय रहने पक्का छ।

यो चलचित्र सिरिजका अघिल्ला दुई चलचित्रहरू ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलताको कारण पनि ‘महाजात्रा’ प्रतीक्षित थियो। प्रिमियरबाट यसले अत्यन्तै सुखद प्रतिक्रिया पाएको थियो।

प्रदीप भट्टराई निर्देशित यो चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रबिन्द्र सिंह बानियाँ, दिव्य देव, राजाराम पौडेल, शिशिर वाङ्देल, मोहन निरौला, पुष्कर गुरुङ, प्रकाश घिमिरे, गौमाया गुरुङ, दिव्य देव, रजनी गुरुङ, सुमन कार्की, प्रवीण खतिवडा, अर्बिन खड्का, अवन राज उप्रेती, घनश्याम जोशी, रमा थपलिया, सिद्धिका चौहान, कायरा कार्की लगायतको अभिनय रहेको छ।

षटकोण आर्ट्सको प्रस्तुतिमा बनेको यस चलचित्रका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन्। निर्माता म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन्। यसको स्क्रिप्ट कन्सल्टेन्ट मनोज पण्डित हुन् भने कलरिस्ट रेनिस फागो, सम्पादक मित्र डी गुरुङ, डीओपी पुरुषोत्तम प्रधान तथा ब्याकग्राउन्ड स्कोर रोहित शाक्य र शैलेश श्रेष्ठको रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu