पल र पुजाको चलचित्र ‘रावायण’ भाद्र २१ मा रिलिज हुने



काठमाडौं। निर्देशक सुदर्शन थापाले बनाउन लागेको नेपाली चलचित्र ‘रावायण’ आगामी वर्ष २०८१ को भाद्र २१ गते रिलिज हुने भएको छ। फागु पूर्णिमाको अवसर पार्दै थापाले आइतबार चलचित्रको रिलिज मिति घोषणा गरेका हुन्।

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त निर्माण रहने यो चलचित्रको छायाङ्कन भने सुरु भएको छैन। पल शाह, पुजा शर्मा, प्रियङ्का कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुन जङ्ग शाही, शर्मिला मल्ल, प्रदीप ढकाल लगायतका कलाकारहरू यो चलचित्रमा रहने बताइएको छ।

यो चलचित्रलाई शिवम अधिकारीले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu