केकीको ‘बोक्सी लुक’ सार्वजनिक



काठमाडौं। चलचित्र ‘बोक्सीको घर’को ‘बोक्सी लुक’ सार्वजनिक गरिएको छ। फागु पूर्णिमाको अवसर पारेर आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना केकीलाई फरक गेटअपमा प्रस्तुत गरिएको लुक सार्वजनिक गरिएको हो।

अभिनेत्री केकी अधिकारी र पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले लुक सार्वजनिक गरे। केकीले यसअघि सार्वजनिक टिजर र गीतमा नदेखाइएको लुक सार्वजनिक गरिएको बताइन्।

यो चलचित्र ८ वर्षअघि मञ्चन भएको नाटक ‘बोक्सीको घर’मा आधारित छ। यसमा सुलक्षण भारतीको लेखन तथा निर्देशन छ। केकीका अलावा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।

यो चलचित्र आगामी वैशाख १४ गते रिलिज हुँदैछ।

तस्बिरः बद्री थापा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu