‘द रेड सुटकेस’को टिजर सार्वजनिक



काठमाडौं। नेपाली चलचित्र ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ। ५० सेकेन्ड लामो टिजरमा एक व्यक्तिले रातो सुटकेसलाई स्थानान्तरण गर्दै गरेको अवस्थामा देखाइएको छ।

भेनिस चलचित्र फेस्टिभलमा प्रिमियर भएको यो चलचित्र आगामी चैत ३० गते रिलिज हुनेछ। फिडेल देवकोटाले निर्देशन गरेको चलचित्रमा अभिनेत्री सृष्टि श्रेष्ठ, अभिनेता त्रय सौगात मल्ल, विपिन कार्की र प्रवीण खतिवडाको अभिनय रहेको छ। टिजरमा कुनै पनि कलाकारलाई चिनाइएको छैन।

यो चलचित्र स्वीट्जरल्याण्डको जुरिच चलचित्र फेस्टिभलमा समेत प्रिमियर भएको थियो। चलचित्रलाई आइसफल प्रोडक्सनले बनाएको हो । यो चलचित्रले भेनिस प्रिमियरमा तीन मिनेट लामो स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो । देशको आर्थिक तथा राजनीति पृष्ठभूमिमा मा सामान र रातो सुटकेस लिएर जाने ड्राइभरको यात्राको कथा यसमा रहेको छ ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu