
काठमाडौं। आगामी शुक्रवार रिलिज हुने पहिलो नेपाली एनिमेटेड चलचित्र ‘सलीना’को ट्रेलर सार्वजनिक भएको छ। यो चलचित्र रेनमेकर एनिमेसन एकेडेमीले बनाएको हो। पूर्णतया एनिमेसन प्रविधिबाट तयार पारिएको यो चलचित्रको सम्पूर्ण कार्य नेपालमै गरिएको हो।
यो चलचित्रका निर्देशक तेजस राज जोशी हुन्। निर्देशक जोशी र श्रुति श्रेष्ठले संयुक्त लगानी गरी चलचित्र निर्माण गरेका हुन्। शिव पुरी र श्रुति श्रेष्ठको संयुक्त सम्पादन रहेको छ। यसमा सगिन महर्जन, अविनाश सिंह थारु र शिरभा मानन्धरको ग्राफिक रहेको छ। पाश्र्व स्वर शुशिल नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारको रहेको छ।
‘सलीना ‘को कथा दन्त्य कथाको जस्तै राजकुमारी हो। असाधारण उद्देश्यले जन्म भएको राजकुमारी अन्य पात्रसँग मिलेर सबैभन्दा ठुलो राक्षस्नीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् र यसैको सेरोफेरोमा चलचित्रको कथा आगाडी बढेको छ।
चलचित्र विशेष गरेर बालबालिका लक्षित भए पनि सबैका लागि उपयुक्त रहेको निर्देशक तेजस राज जोशीले बताए । ‘यो चलचित्र निर्माणका लागि ६ वर्ष लागेको छ’, जोशीले भने ‘चलचित्र अन्तर्राष्ट्रिय स्तरको बनेको छ ।’
ट्रेलर: