
काठमाडौं। सविर श्रेष्ठले निर्देशन गर्ने चलचित्र ‘रुखान’मा प्रमुख भूमिकामा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन्। यो चलचित्रमा आर्यनले अभिनेत्री निति शाहसँग अनस्क्रिन रोमान्स गर्नेछन्।
यो चलचित्रलाई नेपाली, हिन्दी, अङ्ग्रेजी र भोजपुरी भाषामा निर्माण गर्ने तयारी गरिएको छ। यसमा कृष्ण थापा(अस्ट्रेलिया) र सुरेश गुरुङको लगानी रहनेछ। डा. रुपक घिमिरेको कथा रहेको चलचित्रका कार्यकारी निर्माता अभिनेता सविन श्रेष्ठ हुन्। यसमा अर्जुन पोखरेलको सङ्गीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहने छ।
महिला सङ्घर्षको कथामा बन्ने यस चलचित्रमा नागरिकहरूले विभिन्न समस्याबाट जुध्दै गर्ने सङ्घर्षको कथालाई देखाउने दाबी गरिएको छ।