आँचलसँग अभिनय गर्न विवेकको तयारी



काठमाडौं। पहिलो चरणको छायाङ्कन रोमानियामा भएपछि रोकिएको चलचित्र ‘वर एण्ड वधू’ दोस्रो चरणको काम अगाडी बढ्ने भएको छ। बाँकी रहेको ५० प्रतिशत छायाङ्कन नेपालमा नै हुने बताइएको छ।

यसका निर्देशक मिलन चाम्सले चैत्रको तेस्रो साताबाट छायाङ्कन सुरु हुनेछ। रोमान्टिक कमेडी कथामा तयार भइरहेको यो चलचित्रमा वधूको भूमिकामा नायिका आँचल शर्माले काम गरिरहेकी छन् भने वरको भूमिकामा भने नव–नायक विवेक कर्माचार्यले अभिनय गरिरहेका छन्।

यसको छायाङ्कनको दोस्रो तालिकाको लागि कर्माचार्यले आफ्नो सुगठित शरीर बनाएका छन्। कथाको माग अनुसार नै विवेकले शरीर बनाएको निर्देशक चाम्सले बताए।

यस चलचित्रमा विवाहको संस्कृतिलाई पर्दामा देखाइने छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu