नेपालको वर्ल्डकपबाट भबिष्य लेखाउँदै गोपाल



gopal-aryal[dropcap]‘फि[/dropcap]चर फ्लिममा मेरो पहिलो लिड रोल हो यो चलचित्रमा । सुरुमा नै राम्रो भुमिका पाएकोले र फरक बिषयवस्तुमा चलचित्र बनेकोले ‘क्यारियर’ नै यहि बाट सुरु हुने ठानेको छु’ यहि बैसाख १९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘वर्ल्डकप ईन नेपाल’मा मुख्य भुमिकामा देखिएका कलाकार गोपाल अर्यालको भनाई हो यो । फुटवल खेलेर वर्ल्डकप जित्ने नेपाली नेपाली युवाको सपनालाई प्रस्तुत गरिएको यो चलचित्रमा गोपाल राम्रो खेल्दा खेल्दै पनि टिममा छनोट हुन नसकेको खेलाडीदेखी एउटा जिम्मेवार प्रशिक्षकको भूमिकामा छन ।

केहि दिन पहिले राजधानीमा सम्पन्न प्रिमियरबाट राम्रो अभिनय गरेको भन्दै धेरैको तारिफ बटुलेका गोपाल चलचित्र प्रदर्शनको मिति नजिकिँदै गर्दा मनमा उत्साह सँगै हल्का डर पनि पलाएको बताउँछन । उनी अहिले चलचित्रको प्रचार प्रसारको लागी पोखरामा व्यस्त छन । यो चलचित्रमा दर्शकले आफैलाई पाउने भन्दै गोपालले चलचित्रले हलमा रहुन्जेल दर्शकलाई पुर्ण मनोरञ्जन दिने दाबी गर्छन ।

रामशरण पाठकको निर्देशनमा तयार यो चलचित्र प्रकाश थापाले निर्माण गरेका हुन् । यो चलचित्रमा गोपाल सँगै नेपाली राष्ट्रिय फुटवलको अण्डर १९ टिमका सदस्यहरु सहित बिभिन्न कलाकारहरु अभिनयमा छन ।

यसैबीच बुधवार राजधानीमा चलचित्र ‘वर्ल्डकप इन नेपाल’को निर्माण युनिटसहित कलाकारलाई टिमलाई ‘गुल्मेली समाज काठमाडौं’ले सम्मान गरेको छ । केहि दिन पहिले सम्पन्न प्रिमियर हेरेपछी प्रभावित भएर समाजले यो चलचित्रको निर्माण युनिटसहित कलाकार तथा प्राविधिकलाई सम्मान गरेको हो । सम्मान कार्यक्रममा प्रमुख अतिथी सभासद चन्द्र भणडारीले ‘वर्ल्डकप इन नेपाल’मा मनोरञ्जनको साथै सन्देश पनि रहेकोले सबैले हेर्ने पर्ने चलचित्र बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu