समाज रुपान्तरण गर्न सुनपानी छर्किँदै



sunpani1

[dropcap]सा[/dropcap]माजिक भेदभावमा आधारित रहेर समाजको रुपान्तरणका लागि ‘सुनपानी’ नामक चलचित्र बनिरहेको छ । जातीय भेदभावविरुद्ध निर्माण हुन लागेको यो चलचित्रको छायांकन सकाएर यतिखेर पोष्ट प्रोडक्सनको कार्य भइरहेको छ । चलचित्रले सन्देश बोक्दै समाजका लागि उत्तरदायित्व निर्वाह गर्न सक्छ भन्ने उद्देश्यका साथ सुनपानी निर्माण भइरहेको निर्माणपक्षको भनाइ छ ।

गुन्जन एण्ड कुसुम फिल्म्सको प्रस्तुतिमा लायन चेतबहादुर सिंह राजाको सुनपानीका निर्देशक भने सविन बास्तोला गिरधारी हुन् । चलचित्र सुनपानीमा सविन बास्तोला, तारा केसी, अग्रज केसी, आशा भुसाल, नवीन तिमिल्सिना, निशा शाह, बुद्धिसागर खनाल, दिलिप तामाङ, चेत राजा, स्वस्तिका लामिछाने, लक्ष्मण लम्साल ‘मरुभूमि’, अशोक अधिकारी लगायतका कलाकारहरुको अभिनय हेर्न पाइनेछ । चलचित्रलाई निर्देशक सविन बास्तोला र लक्ष्मण लम्सालले लेखेका छन् भने गणेशकुमार श्रेष्ठको छायाँकन एवं विमलराज क्षेत्रीको संगीत रहेको छ ।

sunpani2

विपिन मल्लले चलचित्रको सम्पादन गरिरहेका छन् । चलचित्र सामाजिक जनजागरणका लागि तयार पारिएकोले समाजका विभिन्न वर्गसम्म पुग्नका निमित्त सोही किसिमको प्रदर्शन व्यवस्थापन गर्दै रिलिज गरिने लक्ष्य निर्माण युनिटले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu