कोव्रा साँप बनेर छविलाई डस्ने रेखाको चेतावनी



rekha-thapa-raute

[dropcap]ना[/dropcap]यिका रेखा थापा र निर्माता छवि ओझा एक दशक एकैसाथ रहेपनि कानुनू‍ी रुपमा श्रीमान श्रीमती थिएनन् । केहि समय अगाडी टाढै रहेका यि दुई बीचको सम्बन्धले बेला बखत चर्चा पाईरहन्छ । हालै छविले रेखालाई घाँस काट्दा काट्दै हिरोइन बनाएको बताएपछि रेखालाई हुनुसम्म भएछ । गलत र भ्रामक कुरा फैलाएको भन्दै रेखाले कडा प्रतिक्रिया जनाएकी छिन् । रेखाले छविलाई हदैसम्मको चेतावनी दिएकी छिन् । शुक्रबार आफ्नो फेसबुक मार्फत रेखाले छविलाई मानसिक सन्तुलन ठीक नभएको बताएकी छिन् । उनले आफ्नो नाम नलिए खाएको नि नपच्ने भन्दै सुतिरहेको कोब्रा साँप लाई घरि घरि जिस्काउँदा कुनै दिन डस्ने बताएकी छिन् ।

रेखाले लेखेको स्टाटस जस्ताको त्यस्तैः
हाहाहाहा। हासन पनि कति हास्नु हो !!! यो छबि भन्ने मान्छे को मानशिक सन्तुलन अब चाहि गुमेकै रहेछ भन्ने मैले बुझे आज। मलाई त , घाँस काट्दै गरेकी एक यूवतीलाई आफूले हिरोइन बनाएर स्टारको बाटोमा लगिदिएको छविको वुझाई छ रे।
म मिस नेपाल मा भाग लिदै गर्दा त्यो मानशिक सन्तुलन ठीक नभएको र उमेर ले डाढा काटेको मान्छे संग भेट भएको दुनिया लाई थाहा छ। र घास काट्ने मान्छे म त्यो बेला रहेछु भने पनि, आज मेरो मेहनेत र कर्म ले यो सफलता पाउनु मा गर्व गर्छु र त जस्तो मान्छे संग कसरि १० वर्ष बिताए भनेर दुख लाग्छ। तिनै दिउस भरि घास काटेर पैसा कमाएर हाम्रो सिनेमा हेर्न आउने दर्शकहरु को मन घासी भनेर नदुखा , पाप लागला। हुन त तेरो पाप दिन प्रतिदिन तेरो सामु आउदै छ , अझै कति देख्नु पर्ने हो यो आखा ले। झुन्डेर मरेको वा मारेको प्रेत आत्मा को पनि सराप लाग्छ नै तलाई।

छबि, तलाई मेरो नाम नलिए खाएको नि पच्दैन कि क हो ? त संग छुटिए पछि म त तेरो नाम कतै लिन्न त ? के चाहन्छस म संग अझै। तेरो सम्पति त सबै फिर्ता नै गरिदेको हो अब के बाकी छ। मेरो प्रगति र तेरो दुर्गति मा तेरो आफ्नो मानशिक सन्तुलन नबिगार !! बरु कसरि मेरो तुलना मा आउन सकछस, त्यो उपाय सोच्नु तेरो लागि राम्रो होला।

अब बिहे को कुरा , त संग मेरो कानुनी रुप मा कहिले बिहे भएको थियो र आज ३ वर्ष पछि आएर डिभोर्स को कुरा गर्नु पर्यो । अझै तलाइ म पाउछु भन्ने सोच छ भने , सुन !! यो जिबन बरु एक्लै बिताउन सक्छु त जस्तो लाछी, र बिबेक हिन मनुश्ये को रुप धारण गरेको पशु संग सक्दिन।

अन्तमा, त सक्छस भने म संग व्यापारिक प्रतिस्पर्धा गरेर देखा, होइन भने अब देखि मेरो नाम लिएर ब्यापार नगर, तलाई त्यो अधिकार छैन।

सुतिरहेको कोब्रा साँप लाई घरि घरि जिस्काई नराख, डस्ला कुनै दिन। र सहर को भट्टी भट्टी मा बसेर लोकल रक्शी खादै मेरो नाम नलिनु यो तलाई मेरो खुल्ला सुझाब हो।

तलाई भगवान ले थोरै बुद्धि र बिबेक प्रदान गरुन यो मेरो कामना।

rekha-status

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu