माधवकुमार नेपाल बने चलचित्रका कलाकार, केपी ओलीको पनि छायाङ्कन हुँदै



काठमाडौं। पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल कलाकार बनेका छन्। उनले मङ्गलवार बिहान करिब एक घण्टा लगाएर रमित ढुङ्गानाले निर्देशन गरिरहेको नेपाली चलचित्र ‘नमेटिने घाउ’मा केही संवादसहित अभिनय गरेका हुन्।

काठमाडौंको कोटेश्वर बहुमुखी क्याम्पसमा भएको छायाङ्कनमा नेता नेपालले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउने दृश्यमा अभिनय गरेका हुन्। एसिडको प्रयोगलाई रोक लगाउनुपर्ने र एसिड आक्रमणकारीलाई कारबाही हुनुपर्ने माग राख्दै विद्यार्थीहरूले प्रदर्शन गरेको दृश्य कथा मङ्गलवार छायाङ्कन भएको हो।

यस चलचित्रमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल र राप्रपा सांसद ज्ञानेन्द्र शाहीको दृश्य पनि रहेका छन्। मङ्गलवार नै उनीहरूको दृश्य पनि खिचिएको छ। केही दिनपछि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यस चलचित्रमा अभिनय गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu