सौगात मल्लको राँगामाथि पोज



काठमाडौं। ‘छड्के’ निर्देशक निगम श्रेष्ठले नयाँ चलचित्र ‘भाइरल गोर्खे’ बनाउने भएका छन्। उनले सौगात मल्ललाई प्रमुख भूमिकामा राख्दै मङ्गलवार पोस्टर सार्वजनिक गरेका छन्। पोस्टरमा सौगातको चरित्र देखाइएको छ। उनी दुई राँगामाथि चढेर क्यामेराका लागि पोज दिइरहेका छन्।

यो चलचित्र सामाजिक सञ्जालका कारणले भइरहेका प्रभावको विषयमा आधारित रहने बताइएको छ। यसमा सौगातसहित बुद्धि तामाङ, सृष्टि श्रेष्ठ र लक्ष्मी गिरी लगायतको अभिनय रहनेछ।

यसको छायाङ्कन वैशाख ६ गतेदेखि सुरु हुनेछ भने अमर महर्जनले छायाङ्कन गर्नेछन्। विशाल ताम्राकार र महेश लामिछाने निर्माता हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu