गन्धर्वको कथामा चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने



काठमाडौं। चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ बन्ने भएको छ। शुक्रवार पोस्टर र मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा भएको हो।

सरोज पौडेलले निर्देशन गर्ने यो चलचित्रलाई महेश दवाडीले पटकथा तथा संवाद लेखेका छन्। यसको कथा भने निर्देशक पौडेलको नै हो। चलचित्रलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहेको सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्न लागेको हो।

मोसन पोस्टरमा गुजारा चलाउन गाउँ गाउँ सारङ्गी बजाउँदै गीत गाउँदै डुलिहिँड्ने गन्धर्वको कथा देखाइएको छ। यसमा समावेश संवादमा आफ्नो सन्तानलाई आफूले गरेको काम भन्दा माथिल्लो स्तरमा पुर्‍याउन पिताले गरेको सङ्घर्ष झल्काइएको छ। चलचित्रका लेखक दवाडीले सारङ्गीबाट समाजलाई सुसूचित र मनोरञ्जन प्रदान गर्ने एक पात्र पूर्णबहादुरको आँखाबाट बदलिँदो समाजको आयामलाई केलाउने जमर्को गरेको बताए।

चलचित्र वि.सं. २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ। यसमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माताको रूपमा छन् भने रमेश चौलागाईँ र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेका छन्।

चलचित्रमा अभिनय गर्ने केही कलाकारहरूसँग सम्झौता भइसकेको बुझिएको छ। यद्यपि निर्माण पक्षले कलाकारहरूबारे पछि जानकारी दिने जनाएको छ। यस चलचित्रका गीतहरूमा प्रशान्त सिवाकोटीले सङ्गीत दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu