युद्धरत बालबालिकाको कथाको चलचित्र ‘द होलटाइमर्स’को फस्ट लुक सार्वजनिक



काठमाडौं। निर्माणाधीन नेपाली चलचित्र ‘द होलटाइमर्स’को फस्ट लुक सार्वजनिक गरिएको छ। नेपालको सशस्त्र द्वन्द्वको कथामा बनिरहेको यो चलचित्रको तत्कालीन नेकपा माओवादी छापामारको दृश्य झल्किने फोटो सार्वजनिक भएको हो।

विगत पाँच वर्षदेखि यो चलचित्रको काम भइरहेको थियो। यसलाई पूजा गुरुङ र विभूषण बस्नेतले संयुक्त रूपमा अछामको रामारोशनमा निर्देशन गरिरहेका छन्। यो चलचित्रमा सशस्त्र युद्धमा प्रयोग भएका बालबालिकाहरूको कथा पेस गर्छ।

यसका निर्माता प्रवीण कार्की टक्की हुन् भने लेस फिल्म डु टम्बाउर प्रस्तुत कर्ता हुन्। अभिनेत्री नम्रता श्रेष्ठ, भ्लगर सिसन बानियाँ, हलिउड फेसन डिजाइनर प्रबल गुरुङकी दिदी कुमुदुनी श्रेष्ठ, सोहम ढकाल, प्रणय पाण्डे, सुरज गिरी, निकुन श्रेष्ठ, सविनजंग पाण्डे, रोमोस सिवाकोटी सहायक निर्माता हुन्।

यस चलचित्रमा कलाकारहरू खगेन्द्र महरा, विनोदप्रकाश धामी, लक्ष्मी लिम्बू लगायतको अभिनय रहेको छ। चिन्तन राजभण्डारीले छायाङ्कन गरिरहेको यो चलचित्र सन् २०२५ मा रिलिज हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu