‘वर्ल्ड कप इन नेपाल’लाई सफलताको संकेत, बिहानी शो हाउसफुल



World-cup-in-nepal

[dropcap][/dropcap]लेशियामा नेपाली क्रिकेट टिमले हरेक खेलमा आफ्नो कब्जा जमाईँरहँदा नेपालमा भने फुटबलले सफलता प्राप्त गर्ने संकेत मिलेको छ । शुक्रवार सोचेअनुरुप दर्शक नपाएको चलचित्र ‘वर्ल्ड कप इन नेपाल’ले शनीवार बिहानी शोमा भने सोचेभन्दा बढि दर्शक भेटेको छ। काठमाण्डौ उपत्यकामा मात्र शुक्रवार रिलिज भएको यो चलचित्रले गुण लगाएतका केहि हलमा थप हल पाएको छ ।

शुक्रवार चलचित्र हेरेका दर्शकको ‘वर्ड अफ माउथ’का कारण शनीवार दर्शकको चाप बढेको निर्माता प्रकाश थापाले बताए । यो चलचित्र अर्को साता मोफसलमा रिलिज हुदैछ । अघिल्ला चलचित्रहरुले होल्डओवर कायम राखेपछि थोरै हल पाएको ‘वर्ल्ड कप इन नेपाल’ वालमनोविज्ञानमा आधारित चलचित्र हो । रामशरण पाठक निर्देशित यो चलचित्रले स्कुले बच्चाको फुटबल खेल्ने चाहनालाई बोलेको छ । यसअघि प्रिमियर शोबाट यो चलचित्रले उल्लेखनिय सकारात्मक प्रतिक्रिया पाएको थियो ।

चलचित्रमा गोपाल अर्याल, शर्मिला शर्मा, सोनु केसी, संगम राई, कुलचन्द्र पुरी, गिरी प्रसाद पुन, गोपाल अर्याल, उमेश थापा, सुजन तामाङ् सहित एन्फाका अण्डर-१९ का बिभिन्न खेलाडीहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu