‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक, सहकारीको ठगी विषय उठाइयो



काठमाडौं। नेपाली चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक गरिएको छ। काठमाडौंको सिटिसी मलस्थित सिडिसी सिनेमा हलमा कार्यक्रमको आयोजना गर्दै वैशाख २८ गते रिलिज हुने यस चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

कमेडी श्रेणीको यस चलचित्रमा सहकारी ठगीको विषय समेत रहेको ट्रेलरबाट बुझ्न सकिन्छ। ट्रेलरमा यसका मुख्य कलाकारहरू नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापालाई स्थान दिइएको छ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन्। सुनिल श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन्। डायमन्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डी गुरुङ हुन्। अनमोल गुरुङको सङ्गीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ।

यसमा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनीता थापा, पुष्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राई, शान्तिला तामाङ लगायतका कलाकारहरूको अभिनय छ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu