जेठमा नेपाल-अफ्रिका फिल्म फेस्टिवल हुँदै



african

[dropcap][/dropcap]न् २०११ देखि नेपाल-अफ्रिका फिल्म फेस्टिवल आयोजना गर्दै आइरहेको कलेज अफ जर्नालिजम एण्ड मास कम्युनीकेसन (सिजेएमसी) ले चौँथो सँस्करणको महोत्सव गर्ने जेठमा गर्ने भएको छ । अफ्रिका र नेपालबीच सांस्कृति आदान प्रदान तथा बिकासका लागि सहयोग पुगोस् र दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले फेष्टिवल सुरु गरिएको बताईएको छ ।

फेस्टिवलमा प्रदर्शन हुने फिल्मले अफ्रिकी भू-राजनीति, समाज, जनजीवन, संस्कृति नियाल्न र बुझ्न मद्दत गर्ने सिजेएमसीद्वारा जारी प्रेस विज्ञप्तीमा जनाईएको छ । चौँथो सँस्करणको नारा ‘Nepal and Africa hand in hand Together we stand’ रहेको छ । फेस्टिवल जेठ ६ देखि जेठ ८ गते राजधानीको रसीयन कल्चरल सेन्टरमा आयोजना हुनेछ । जसमा सिनेगलको टुकी-बुकी,युगाण्डाको दि ग्रिन ड्रिम, घानाको दि ग्रुम्स ब्राइड, नाइजेरियाको मदर अफ जर्ज, मोरक्कोको ल इन्फेन्ट इन्डर्मी, साउट अफ्रिकाको वीनी मण्डेला, कंगोको वार वीच र ल इन्भी लुष्ट छन् । त्यस्तै, नेपालीमा डब्बु क्षेत्रीको राहदानी र समन अघिकारीको हिउँ चितुवा प्रदर्शन गरिने छ ।

महोत्सवलाई शिक्षा मन्त्री चित्र लेखा यादव, मकारेरे युनिभसिटी, फ्याकल्टी अफ जर्नालिज्म, युगाण्डाका डिन प्राफेसर आरोन, फिल्म निर्देशक डोमीनीक लगायतका नेपालका बिशिष्ट चलचित्रकर्मीहरुले सामुहीक रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu