नेपाली चलचित्र ‘विच्छेद’लाई दादासाहेब फाल्के चित्रनगरी अवार्ड



काठमाडौं। सत्यराज चौलागाई निर्देशित नेपाली चलचित्र ‘विच्छेद’ले ‘१४ औँ दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४’ मा सर्वोत्कृष्ट फिचर चलचित्रको पुरस्कार जितेको छ। मुम्बईको वेदा कुनब थिएटर, चिन्ता टावरमा सम्पन्न उक्त कार्यक्रममा वितरण गरिएको अवार्ड निर्मात्री सावित्री बज्राचार्यले ग्रहण गरिन्।

१४ औँ दादासाहेब फाल्के चित्रनगरी (फिल्म सिटी) २०२४मा अवार्ड ग्रहण गर्दै निर्मात्री सावित्री बज्राचार्य।

यो चलचित्रले गत हप्ता रामेछापमा सम्पन्न ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव – २०८०` मा पनि चलचित्र सर्वोत्कृष्ट छायाकार र सर्वोत्कृष्ट चलचित्र जुरी अवार्ड दुई विधामा विजेता भएको थियो।

सिम्पल एड मिडिया र रेड आई फिल्म्सको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा मुकुन भुसाल र लक्ष्मी बर्देवाको मुख्य भूमिका छ भने हिउँवाला गौतम, लय सङ्ग्रौला, प्रिया रिजाल, सुष्मा निरौला, जीवन थापा, सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, जयराम सापकोटा आदिको पनि अभिनय छ।

सामाजिक विषयमा बनेको ‘विच्छेद’का निर्माताहरू राज कुमार पण्डित, दिमेश श्रेष्ठ, सुवास राई र सावित्री बज्राचार्य हुन्। सह-निर्माता सन्तोष गिरी र प्रवीण राजथला हुन्।

तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव – २०८० मा प्राप्त अवार्डसहित निर्देशक चौलागाईं र निर्माता बज्राचार्य
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu