‘नोभेम्बर रेनको प्रतिष्पर्धा कबड्डीसँग होइन’



namarata-dinesh

अपिल त्रिपाठी, पोखरा। प्रदर्शनरत फिल्म नोभेम्बर रेनका निर्देशक दिनेश राउतले आफ्नो प्रतिषपर्धा कबड्डीसँग नभएको बताएका छन । “दुबै फिल्मले राम्रो ब्यापार गरीरहेका छन, यो हामी सबैको लागी खुशीको कुरा हो ।” उनले भने -“हामी प्रतिष्पर्धा बिदेशी फिल्मसँग गरौ न, किन नेपाली फिल्मसँग गर्ने ?” दर्शकहरुले कुन फिल्म कस्तो हो बुझिसकेको बताउदै राउतले दर्शकहरुले स्वतस्फुर्त आफ्नो रुचि अनुसारको फिल्म हेर्ने भएको हुदा कुनै विवादको बिषय नभएको बताए ।

फिल्मको प्रचार प्रसारको क्रममा शनीवार पोखरामा गरीएको पत्रकार भेटघाटमा निर्देशक राउतले सो कुरा बताएका हुन । अर्को प्रसङ्गमा निर्देशक राउतले आफुले दर्शकको लागी सिनेमा बनाएको बताउदै नोभेम्बर रेनको सफलताको लागी दर्शकलाई धन्यबाद दिए ।

केही दिन अघि मात्र एक राष्ट्रिय दैनिकमा प्रकाशित फिल्मको समिक्षालाई इंकित गरी सोधीएको प्रश्नमा निर्देशक राउतले भने – “प्रकाशित समिक्षा पुर्वाग्रही छ, मलाई जानकारी भएसम्म समिक्षामा कलाकार लाई त्यसरी तुलना गरीदैन ।” सिनेमाको समिक्षामा फिल्मको मुल कथा नै सार्वजनिक गरीनु उचित नभएको उनको भनाई थियो । फिल्मबारे गरीएको समिक्षाको जवाफ दिन जरुरी नभएको समेत उनले बताए ।

कार्यक्रममा अभिनेत्री नम्रता श्रेष्ठले नोभेम्बर रेन सफा र श्लील फिल्म बनेको बताउदै नहेरेका दर्शकलाई फिल्म हेरीदिन आग्रह गरीन । आर्यन र आफु अभिनीत फिल्म धेरै पछि आएको र सबै टिमको मेहनतले आजको सफलता हात परेको उनको भनाई थियो ।

कबड्डी र नोभेम्बर रेन को बिषयले फिल्म पत्रकार देखी हलवाला र फिल्म क्षेत्रका मानिस बिच समेत ध्रुविकरण देखिएको छ नि भन्ने प्रश्नमा निर्देशक राउत भन्छन -” हामी फिल्म मेकर बिच केही त्यस्तो नराम्रो छैन, निश्चल बस्नेतसंग पनि मेरो कुरा भइरहेको छ, बाँकी काहा बाट के के कुरा आउछ त्यो मलाई थाहा भएन ।” आफुहरुले आफ्नो हिसाबले फिल्मको मार्केटीङ्ग गरीरहेको र सो मार्केटिङगले अर्को फिल्म लाई कुनै पनि हिसाबले निषेध नगरेको उनको भनाई छ ।

बैशाख १२ बाट प्रर्दशनमा आएको नोभेम्बर रेन हाल सफलताको साथ दोस्रो सातामा प्रर्दशनरत रहेको छ । फिल्मले एक हप्तामा ढेड करोड ग्रस गरको अनुमान गरीएको छ । सुबास गिरी र आर्यन सिग्देलको लगानी रहेको फिल्ममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ लिड क्यारेक्टरमा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu