साउन ४ मा ‘सतीदेवी’ रिलिज हुने



काठमाडौं। लक्ष्मण सुवेदीले निर्देशन गरेको तेस्रो चलचित्र ‘सतीदेवी’को रिलीज मिति घोषणा गरिएको छ। यो चलचित्र आगामी साउन ४ गते प्रदर्शन हुने निर्देशक सुवेदीले बताए।

अघिल्लो वर्ष फर्स्ट लुक पोस्टर सार्वजनिक भएपछि यसको चर्चा चुलिएको थियो पोस्टरमा अभिनेत्री मलिका महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा चित्रित थिइन्। यो चलचित्रले विभिन्न महोत्सवहरूमा महत्त्वपूर्ण अवार्डहरू जितिसकेको छ।

यस चलचित्रमा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठलगायतको अभिनय छ।दिलासा र साराको प्रस्तुति रहेको चलचित्रकी निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन्।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको यसमा निर्देशक स्वयंको लेखन छ भने बाबु श्रेष्ठले छायाङ्कन, दीपक शर्मा र सुवास भुसालको सङ्गीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu