जिवन लुईँँटेलको पहिलो चलचित्र ‘शीशा’ साउन २३ मा



jiwan-umabebi

व्यस्त नायक जिवन लुईँटेलको २०७१ सालको पहिलो चलचित्र ‘शीशा’ साउन २३ मा रिलिज हुुँदैछ । आइतवार राजधानीमा एक कार्यक्रम आयोजना गरि चलचित्र ‘शिशा’को रिलिज मिति तोकिएको छ। ननस्टप क्रियशनको व्यानरमा तयार चलचित्र ‘शिशा’ आर.बि.के. शरदको निर्देशनमा तयार भएको हो ।

कार्यक्रममा नायक जिवन लुईँटेल, नायिमा उमा बेबी, संगीतकार लक्की सिटौला लगाएतका चलचित्र टिमको उपस्थिती थियो । कार्यक्रम नायक लुईँटेलले चलचित्र ‘नैना रेशम’को हिट गीत ‘ढल्क्यो ढल्क्यो’बाट आफु प्रभावित भएको र सोहि चलचित्रका निर्देशकले प्रस्ताव राखेकोले ‘शीशा’मा आवद्द भएको बताए । नायिका उमा बेबीले आफु सिक्कीम निवासी भएर पनि हरेक बर्ष कम्तिमा एउटा नेपाली चलचित्रमा आवद्द रहने बताइन् ।

जीवन लुईंटेल, रागिनी खड्गी, उमा बेबी, शान्ती गिरी, दिपेश भण्डारी लगायतले अभिनय गरेको यो चलचित्रमा मधुसुदन ढकाल, महेस ढुङ्गाना, अजिता सुमार्गी लगाएतको लगानी रहेको छ । यो चलचित्रलाई काठमाडौंमा गोविन्द शाही र सुनिल रावलले वितरण गर्नेछन भने पुर्वमा उज्जल पौड्याल र मनोज राठिले त्यस्तै पश्चिममा केदार पराजुलीले वितरण गर्ने जिम्मा लिएका छन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu