कान्स फिल्म फेस्टिभलमा हिँडे काठमाडौंका मेयर बालेन 



काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फ्रान्स प्रस्थान गरेका छन्। त्यहाँ आयोजना हुने कान्स फिल्म फेस्टिभलमा सहभागी हुन शाह सोमवार राती त्यसतर्फ लागेका हुन्।

कान्सका मेयर डेभिड लिस्नार्डको विशेष निमन्त्रणामा बालेन त्यसतर्फ लागेका हुन्। गत वर्ष काठमाडौं महानगरपालिकालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को’ले ‘युनेस्को क्रिएटिभ सिटी’ अन्तर्गत चलचित्र विधामा छनोट गरेको थियो। युनेस्कोले कान्सलाई पनि चलचित्र विधाबाट नै ‘युनेस्को क्रिएटिभ सिटी’मा राखेको छ।

बताइए अनुसार बालेनले कान्स फेस्टिभल सहित विभिन्न कार्यक्रममा सहभागी हुनेछन्। महोत्सव निर्देशक र मेयर लिस्नार्डसँग विशेष छलफल हुने जनाइएको छ। बालेन तीन दिने कार्यक्रममा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu