‘कबड्डी’ बिजनेसः पहिलो हप्ता ९२ लाख कलेक्शन



kabaddi

[dropcap]ग[/dropcap]त साता रिलिज भएको नेपाली चलचित्र ‘कबड्डी’को पहिलो हप्ताको व्यापार सार्वजनिक गरिएको छ । आइतवार निर्माता निश्चल बस्नेतले दिएको जानकारी अनुसार पहिलो साता ९२ लाख कलेक्शन गर्न सफल भएको छ । दोश्रो साता पनि सन्तोषजनक व्यापार गरिरहेको कबड्डी अहिले पनि झण्डै ४५ हलमा देशभर चलिरहेको छ ।

कबड्डी पोखरा र हेटौडामा अघिल्लो बिहिबार नै रिलिज भएको थियो भने अन्यत्र शुक्रवार रिलिज भएको थियो । सार्वजनिक कलेक्शन बिहिबार सहितको हो । नेपाली मौलिकपना समेटेको तथा गाउँलेपनालाई जोड दिएकोले पनि यो चलचित्रमा दर्शकको साथ बलियो पायो । रामबाबु गुरुङले निर्देशन गरेको यो चलचित्रमा दयाहाङ राई, निश्चल बस्नेत, रिश्मा गुरुङको मुख्य अभिनय रहेको छ । 

यो सँगै रिलिज भएको अर्को नेपाली चलचित्र ‘नोभेम्वर रेन’ले पहिलो साता १ करोड ४० लाखको कारोबार गरेको निर्माताले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu