अराज केशवको चलचित्र यात्रा र ‘बिर्खेलाई चिन्छस्’



Araaj-Keshav

[dropcap][/dropcap]तिबेला गायक अराज केशवलाई फुर्सदै छैन् । उनि एकाएक गायनबाट टाढा भए, फुर्सद पनि छैन । तर किन ? उनका श्रोता-दर्शकले यस्तै प्रश्न तेर्स्याईरहेका छन् । अराज भने मौन छन् । उनले भनेर होइन गरेर देखाउन खोजेका छन् । छ वटा चलचित्रमा मुख्य सहायक निर्देशक बन्नमा व्यस्त अराज यतिबेला भने निर्देशकिय जिम्मेवारी सम्हाल्दा सम्हाल्दै समय गएको पत्तो पाएका छैनन् ।

उनको निर्देशनमा ‘बिर्खेलाई चिन्छस्’ नामक चलचित्रको निर्देशन गरेका छन् । नायक सुवास थापा आँफैले लगानी गरेको यो चलचित्र अराज र सुवास दुवैको लागि ‘च्यालेञ्जिङ्ग’ छ । अराजले आफ्नो सह-निर्देशनको लामो अनुभवलाई यसै चलचित्रबाट प्रस्तुत गर्दैछन् । फरक शैलीको नाममा जोखिम मोलेका अराजले ग्याप महशुस गरेका दर्शकले ताली बज्ने काम गरेको दावी गरेका छन् । उनले यसअघि सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका ‘बाटो मुनिको फूल’ देखी ‘बितेका पल’ सम्मका चलचित्रमा सह-निर्देशन गरेका छन् ।

birkhelai-chinxas

थिएटरमा उत्कृष्ट अभिनेताको रुपमा परिचित तर चलचित्रमा नायक बनेर स्टारडम देखाउन नसकेका सुवासले यो चलचित्रलाई लिडिङ् गरेका छन् । उनको विश्वासमा दर्शक हलसम्म जानुपर्नेछ । उनकै कथामा यो चलचित्र बनेको बताईन्छ । यतिबेला डबिङ्मा रहेको यो चलचित्रमा सुवासका अलावा आयुषा राई, वालदिप राई, बिनिता खड्का लुनिभा, निर्मल शर्मा, शुरेस उप्रेती लगाएतको मुख्य अभिनय रहेको छ । ‘बिर्खेलाई चिन्छस्’ कमेडी सामाजिक चलचित्र हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu