नौ बर्षपछि एञ्जेलिना जोली र ब्राड पिट सँगै हुँदै



brad-anjelina1

‘मिस्टर एण्ड मिसेस स्मिथ’को जोडी एक पटक फेरी पर्दामा देखिने भएका छन् । ‘हलिउड कपल’ एञ्जेलिना जोली र ब्राड पिट नौ बर्षपछि एउटै चलचित्रमा स्टार कास्टको रुपमा काम गर्दै छन् । यतिबेला जोली सो चलचित्रको  स्क्रिप्ट लेखिरहेकी छिन् ।

चलचित्र ‘अनब्रोकन’को डिसेम्बरमा रिलिज भएपछि नयाँ चलचित्र फ्लोरमा जानेछ । पछिल्लो पटक यो जोडी ‘मिस्टर एण्ड मिसेस स्मिथ’मा सन् २००५ मा देखिएका थिए । पिट र जोलीलाई नजिक बनाउन यहि चलचित्रको अहम भूमिका छ ।

त्यतिबेला एक्ट्रेस जेनिफर एनिस्टनसँग बैबाहिक सम्बन्धमा रहेता पनि पिटले आफ्नी को-स्टार जोलीको साथ डेट गरिरहेका थिए । पछि आएर पिटले जेनिफर एनिस्टनलाई डिभोर्स दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu