‘के घर के डेरा: घर नम्बर २’को प्रमुख भूमिकामा खगेन्द्र लामिछाने



काठमाडौं। ‘के घर के डेरा: घर नम्बर २’को प्रमुख भूमिकामा खगेन्द्र लामिछाने अनुबन्धित भएका छन्। शुक्रवार उनको जन्मदिनको अवसर पार्दै चलचित्रमा अनुबन्ध गरिएको हो।

यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गर्नेछन्। साउनको २५ गतेबाट छायाङ्कनमा जाने यस चलचित्रमा राम्रो टिम र राम्रो कथा रहेकोले आफू पनि यसको हिस्सेदार बन्न पाउँदा खुसी लागेको लामिछानेले बताए। चलचित्रमा अन्य कलाकारहरूको बारेमा भने खुलासा गरिएको छैन।

यो चलचित्रलाई चर्चित लेखक बुद्धि सागरले लेखेका हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu