प्राविधिक काम बाँकी रहेको भन्दै ‘आउट ल: दफा २१९’को प्रदर्शन स्थगित



काठमाडौं। नेपाली चलचित्र ‘आउट ल: दफा २१९’को निर्धारित प्रदर्शन मिति स्थगित भएको छ। निर्माणपक्षले मङ्गलवार एक वक्तव्य जारी गर्दै असोज ३ गते रिलिज हुने भनिएको यस चलचित्रलाई निर्धारित समयमा रिलिज गर्न नसकिने जानकारी गराएको छ।

यसको छायाङ्कन र प्राविधिक काम अझै पूरा हुन बाँकी रहेकाले फिल्मलाई स्थगित गरिएको जनाइएको छ। दर्शकलाई उच्चस्तरको फिल्म प्रदान गर्न समयको आवश्यकता रहेको बताउँदै सबै काम सम्पन्न गरेर चाँडै नै नयाँ रिलिज मिति घोषणा गरिने बताइएको छ।

विक्की महर्जनको लेखन र निर्देशनमा बनेको यो चलचित्रमा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, र विशाल पहारी प्रमुख भूमिकामा रहेका छन्। अमित अग्रहरीको लगानी रहेको छ भने विनोद कठायत कार्यकारी निर्माता र विकास चौधरी सह-निर्माताका रूपमा रहेका छन्।

यसमा नविन गुरुङले सिनेमाटोग्राफी गरेका छन्, चुल्ठे काजीले एक्सन निर्देशन गरेका छन्, र साहिल खानले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu