तुलसी घिमिरेको चलचित्र ‘पहाड’को गीतमा अभिनेता विपिन कार्कीको स्वर



काठमाडौं। दर्जनौँ हिट नेपाली चलचित्र दिएका निर्देशक तुलसी घिमिरेले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘पहाड’को एक गीत मा अभिनेता विपिन कार्कीले स्वर दिएका छन्। आइतबार काठमाडौंको महाराजगञ्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा विपिनले सो गीतमा र्‍याप भरेका हुन्।

वरिष्ठ सङ्गीतकार रञ्जित गजमेरको सङ्गीतमा विपिनले यो र्‍याप गीत गाएका हुन्। गीतलाई स्वयं निर्देशक घिमिरेले लेखेका छन्। यस गीतमा भारती घिमिरे र अन्य एक गायकले पनि स्वर दिनेछन्। चलचित्रमा जम्मा चार वटा गीत हुने छन्।

तिहारपछि छायाङ्कनमा जाने यस चलचित्रमा विपिन कार्कीसँगै मदनकृष्ण श्रेष्ठ, सुनिल थापा लगायतका चर्चित कलाकारहरूको सहभागिता हुनेछ। यसै चलचित्रबाट एक लोकप्रिय अभिनेता र एक नव-अभिनेत्रीको आगमन हुने छ, जसलाई निर्देशकले सप्राइजको रूपमा राखेका छन्।

चलचित्रको ५० प्रतिशत छायाङ्कन नेपालका विभिन्न पहाडी भेगहरूमा हुने छ भने बाँकी ५० प्रतिशत छायाङ्कन मुम्बईमा हुने बताइएको छ। प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेको यस चलचित्रमा तुलसी घिमिरेलाई उनकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको रूपमा सघाइरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu