
काठमाडौं। नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा कार्तिक ३० गते एकसाथ रिलिज हुने भएको छ। विदेशमा भने मङ्सिर ७ गतेदेखि मात्र नेपाली र हिन्दी भाषामा रिलिज हुने बताइएको छ। यो चलचित्रको नेपाल बाहिरको वितरण अधिकार सेभेन सिज इन्टरटेन्मेन्टले खरिद गरेको छ।
अभिनेता हरिहर अधिकारीले दुई महिना पछि तेलुगु भाषामा पनि चलचित्रलाई रिलिज गर्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार यस चलचित्रमा दक्षिण भारतीय र बलिउड कलाकारहरूको सहभागिता रहेको कारण भारतीय वितरकले पनि सिनेमाप्रति रुचि देखाएको छन्।
‘ह्रस्व दीर्घ’ नीता फिल्मस्को प्रस्तुतिमा बनेको सिनेमा हो, जसको निर्माता नीता ढुङ्गाना र कार्यकारी निर्माता धनञ्जय गलानी हुन्। चन्द्र पन्तको निर्देशनमा बनेको यस चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, कबिर दुहान सिंह, प्रदीप रावत लगायतका कलाकारहरूको अभिनय छ। बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले सिनेमाटोग्राफी गरेका हुन्।




