कलाकार सङ्घद्वारा बाढी पहिरो पीडित ८५ परिवारलाई कम्बल वितरण



काठमाडौं। नेपाल चलचित्र कलाकार सङ्घले हालै बाढी र पहिरोबाट प्रभावित परिवारलाई राहत वितरण गरेको छ। असोज दोस्रो सातामा आएको भारी वर्षा र बाढीले प्रभावित ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ का ८५ परिवारलाई सोमबार सङ्घले वडा अध्यक्ष राज घिमिरेको उपस्थितिमा कम्बल प्रदान गरेको हो।

कलाकार सङ्घ, अमेरिका शाखाको अभियानमा प्राप्त आर्थिक सहयोगबाट यो सहयोग गरिएको सङ्घका केन्द्रीय अध्यक्ष मोहन निरौलाले बताए। सङ्घका सचिव रामेश्वर बुर्लाकोटीले सङ्घले सधैँ सामाजिक कार्यमा योगदान गर्दै आएको बताए।

अध्यक्ष निरौलाले सङ्घले कलाकारहरूको हक अधिकारको लागि मात्र नभई समाजका लागि पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu