स्वस्तिमा ‘फेस अफ कर्णाली याक्स’को रूपमा आबद्ध, नेपाली क्रिकेटलाई विश्वमाझ पुर्‍याउने योजना



काठमाडौं । चर्चित नायिका स्वस्तिमा खड्का हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सको ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आबद्ध भएकी छिन्। बुधबार नक्सालस्थित हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि खड्कालाई आफ्नो प्रतिनिधि अनुहारको रूपमा प्रस्तुत गरेको घोषणा गर्‍यो।

स्वस्तिमा खड्काले कर्णाली प्रदेशको विशिष्ट संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटमार्फत पनि चर्चामा आउने बताइन्। उनले नेपाली क्रिकेट विश्व स्तरमा परिचित हुँदै गएको उल्लेख गर्दै भनिन्, ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन्। नेपालमा पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ। कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्‍याउने योजना ल्याएको छ। त्यसैको प्रभावले म कर्णाली याक्ससँग जोडिन पुगेकी हुँ।’

उनले आफ्नो श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले कर्णाली याक्ससँग जोडिन सहज भएको जानकारी गराइन्।

कार्यक्रममा कर्णाली याक्सको आधिकारिक गीत पनि सार्वजनिक गरियो, जसमा हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, सङ्गीत र शब्द रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu