अशिस्मा बिना कसलाई एक्लै बनाए विधानले ?



satyata-shoot-1

ठुलोपर्दा डटकम, काठमाण्डौ ।
यतिबेलाका चर्चित गीतकार गोविन्द प्रसाद उपाध्यायको एल्बम ‘सत्यता’मा समावेश ‘तिमी बिना एक्लै …’ बोलको गीतलाई निर्देशक विधान कार्कीले भिडियोमा उतारेका छन् । मनोज राजको स्वर तथा बिशम मानन्धरको संगीतमा तयार भएको यो गीतको हालै मात्र छायांकन सकिएको छ ।

satyata-shoot-2

प्रेमजोडी बिछोडिदा उत्पन्न हुने मानसिक पिडालाई कार्कीले भिडियोमा उतार्ने प्रयास गरेका छन् । ‘प्रेमिल मान्छेमा धेरै जसो बिछोडमा बाचिरहेका हुन्छन् । खोइ किन हो माया मा बिछोड आउने ? यहि कुरालाई मैले भिडियोमा उतार्न खोज्दैछु’ निर्देशक कार्की भन्छन् ।

satyata-shoot-3

अशिष्मा नकर्मि, नीरज बम र सुदिप सापकोटाको अभिनय रहेको यो भिडियोको छायांकन बुढनिलकण्ठमा गरिएको हो । पछिल्लो समय चुनिएका सिनेमाटोग्राफर ज्ञानेन्द्र शर्माले उक्त भिडियोलाई खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu