अस्ट्रेलियापछि ‘पिआर’ को छायाङ्कन कास्कीको धम्पुसमा सुरु



पोखरा – निर्देशक शोभित बस्नेतको चलचित्र ‘पिआर’ को पहिलो चरणको छायाङ्कन अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट दोस्रो चरणको छायाङ्कन सुरु भएको छ । सोमबार धम्पुसमा फिल्मको एक महत्त्वपूर्ण दृश्य खिचिएको छ । उक्त दृश्यमा अभिनेता दिक्पाल कार्की, अनुभवी कलाकार नीर शाह, गौरी मल्ल र विनीता कार्की लगायतलाई वैवाहिक माहौलमा देख्न सकिन्छ ।

निर्देशक बस्नेतले बताए अनुसार फिल्मको करिब ६० प्रतिशत छायाङ्कन यसअघि नै अस्ट्रेलियामा सम्पन्न भइसकेको छ । बाँकी दृश्यहरू नेपालका विभिन्न सुन्दर स्थानहरू जस्तै धम्पुस, पोखरा र चितवनमा खिचिने तालिका रहेको छ ।

सलोन सलिना फिल्मसको प्रस्तुति रहेको यो चलचित्रमा नीर शाह, गौरी मल्ल, रवीन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनीता कार्की, पूजा चौधरी, विमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल जस्ता कलाकारहरूको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu