‘राम नाम सत्य’मा बिराजसँगै सुशील पनि



काठमाडौं – म्युजिक भिडियोको निर्देशनबाट चलचित्रमा पाइला चाल्न लागेका माइकल चन्दले निर्देशन गर्ने नयाँ चलचित्र ‘राम नाम सत्य’मा अभिनेता सुशील श्रेष्ठ अनुबन्ध भएका छन् । निर्माण पक्षले उनीसँग बुधवार सम्झौता गरेको हो । यसअघि यस चलचित्रमा अभिनेता बिराज भट्ट पक्का भएका थिए ।

एक्सन, प्रेम र रहस्यले भरिएको यस चलचित्रको हाल कथा तयार भइसकेको छ र कलाकार छान्ने काम भइरहेको जनाइएको छ । कलाकारहरूको भूमिकाबारे खुलासा गरिएको छैन । सुशीलले चलचित्रको कथा सुनेर आफू धेरै उत्साहित भएको बताएका छन् ।

यो चलचित्र माइकल इन्टरटेन्मेन्ट हाउसले बनाउन लागेको हो । 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu