
काठमाडौं – जेठ २३ गते रिलिज हुने नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट ५२ सेकेन्ड लामो ट्रेलरमा लभ स्टोरी र कमेडीको मिश्रणले भरिएको छ ।
सन्तोष गौतमको लगानी र सिमोस सुनुवारको निर्देशनमा बनेको यो चलचित्रको नाम ‘जन्ते बाख्रो’ नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जनाउँछ । ट्रेलर हेर्दा चलचित्र यसै कथावस्तुमा आधारित रहेको बुझ्न सकिन्छ । नेपाली समाजको एउटा महत्त्वपूर्ण पाटोलाई रमाइलो तरिकाले प्रस्तुत गर्ने प्रयास चलचित्रले गरेको छ ।
‘जन्ते बाख्रो’ मा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम र कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् ।
प्राविधिक रूपमा पनि चलचित्र बलियो देखिएको छ । हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन र रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन चलचित्रमा छ ।
ट्रेलर: