
काठमाडौं – चलचित्र ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तेस्रो सातामा प्रवेश गरेको छ । सकारात्मक प्रतिक्रिया पाइरहेको यो चलचित्रले दर्शकको मन जित्न सफल भएको निर्माण पक्षले दाबी गरेको छ ।
निर्देशक दीपेन्द्र के खनालले दर्शकबाट राम्रो प्रतिक्रिया आइरहेको र वर्ड अफ माउथका कारण दर्शकको सङ्ख्या बढ्ने विश्वास व्यक्त गरे ।
बुद्धि सागरको कथा रहेको यस चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।