
काठमाडौं – नेपाली भाषा, साहित्य, कला र इतिहासको महत्त्वलाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘यो मन त मेरो नेपाली हो’ को टिजर सार्वजनिक भएको छ । असार २७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रले नेपाली पहिचानको गौरवलाई मूल विषयवस्तु बनाएको छ ।
मित्र प्रधानको निर्देशनमा बनेको यस चलचित्रमा रोशन श्रेष्ठ, विजय बराल, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल लगायतका कलाकारहरूको अभिनय रहेको छ । ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेको यो चलचित्र पद्मा ईश्वर इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति हो ।
शिवम अधिकारीको लेखन रहेको यस चलचित्रको छायाङ्कन सौरभ लामाले गरेका हुन् । दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको सङ्गीत रहेको चलचित्रमा कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ ।
चलचित्रको छायाङ्कन नेपालको झापा र इलामका साथै भारतको सिक्किम, दार्जिलिङ, जयगाउँ (पश्चिम बङ्गाल) र अमेरिकामा गरिएको छ। यसमा भारत, मलेसिया, पोल्यान्ड, अस्ट्रिया, बेल्जियम, साउथ अफ्रिका र अमेरिकी कलाकारहरूको पनि अभिनय रहेको निर्माण पक्षले जनाएको छ ।
टिजर: