
काठमाडौं – लोकप्रिय हास्यव्यङ्ग्य टेलिश्रृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ को भूमिकाबाट दर्शकमाझ परिचित कलाकार लक्ष्मी श्रेष्ठको शुक्रवार राति निधन भएको छ। लामो समयदेखि स्तन क्यान्सरबाट पीडित श्रेष्ठको निधनले नेपाली कला क्षेत्रमा शोक छाएको छ।
‘मेरी बास्सै’ मा उनको ‘अप्सरा आमा’ को भूमिकालाई दर्शकले निकै रुचाएका थिए। उनको अभिनय कौशल र जीवन्त प्रस्तुतिले उक्त पात्रलाई विशेष बनाउनुका साथै सिरियलको लोकप्रियतामा पनि महत्त्वपूर्ण योगदान पुर्याएको थियो। उनले ‘खड्काजी’ पात्रमा अभिनय गरेका चर्चित कलाकार सिताराम कट्टेलको श्रीमतीको भूमिकामा अभिनय गरेकी थिइन्।
स्वर्गीय श्रेष्ठको पार्थिव शरीरको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।