क्याप्टेन रामेश्वर थापाको बायोग्राफीमा ‘क्याप्टेन साब’ बन्ने



क्याप्टेन तथा सञ्चार उद्यमी रामेश्वर थापाको बायोग्राफीमा चलचित्र ‘क्याप्टेन साब’ बन्ने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर काठमाडौंको गौरीघाटमा उक्त चलचित्रको शुभ मुहूर्त गरियो । व्यवसायी डा. उपेन्द्र महतोले क्ल्याप ठोकेर चलचित्रको मुहूर्त गरेका थिए । कार्यक्रममा क्याप्टेन थापा पनि उपस्थित थिए ।

पटकथा प्रडक्सन र यार्सा स्टुडियोले निर्माणमा सहकार्य गरेको चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सञ्जोग रसाइली मुख्य भूमिकामा छन् । खगेन्द्रले क्याप्टेन थापाको भूमिका निर्वाह गर्ने जनाइएको छ । दीपेन्द्रले यसअघि ‘धनपति’मा खगेन्द्र र सुरक्षालाई मुख्य भूमिकामा लिएका थिए । त्यसयता एउटै चलचित्रमा यी तीन जनाको यो पहिलो पटक सहकार्य हो ।

कृष्णबहादुर थापा छायांकन रहने चलचित्रको छायांकन काठमाडौं, चितवन र काभ्रेका विभिन्न स्थानमा हुनेछ । आगामी भदौबाट चलचित्रको छायांकन गरिने जनाइएको छ । निर्देशक दीपेन्द्रसँगै करण श्रेष्ठ र श्रृष्टिमा खनाल निर्माता तथा सिर्जना नापित कार्यकारी निर्माता रहेको चलचित्रमा निर्देशक खनाल स्वयंको लेखन रहेको छ ।

निर्देशक खनालले ‘क्याप्टेन साब’ एउटा फरक खालको चलचित्र हुने बताए । क्याप्टेन रामेश्वर थापाको जीवनका उतारचढावसँगै सिनेम्याटिक लिबर्टी लिएर पूर्ण मनोरञ्जनात्मक चलचित्र बनाइने उनको भनाइ छ । क्याप्टेनले आकाशमा भोग्ने समस्या, स्थानीयस्तरमा पाउने सम्मान लगायतका पक्ष चलचित्रमा समेटिने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu