४५ दिनमा सम्पन्न भयो ‘लज्जावती’को छायांकन, साउन २९ मा रिलिज हुने



काठमाडौं – राजबहादुर सानेको निर्देशनमा तयार भइरहेको चलचित्र ‘लज्जावती’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ। गत साता काठमाडौंको धर्मस्थलीस्थित एक घरमा अन्तिम दृश्य कैद गर्दै ४५ दिन लामो छायांकन तालिकाको ‘इन्डक्ल्याप’ गरिएको हो। छायांकन कार्य सकिएलगत्तै निर्माण पक्षले यस चलचित्रको औपचारिक प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। जसअनुसार यो चलचित्र आगामी साउन २९ गतेदेखि देशव्यापी रूपमा सिनेमाघरहरूमा आउनेछ।

हालसम्म साउन २९ गतेका लागि अन्य कुनै पनि नेपाली चलचित्रले आफ्नो आधिकारिक प्रदर्शन मिति तय गरेका छैनन्। यस अवस्थालाई मध्यनजर गर्दै ‘लज्जावती’ले बक्सअफिसमा ‘सोलो रिलिज’को उत्कृष्ट अवसर प्राप्त गर्ने आकलन गरिएको छ।

आहा फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रलाई सौरभ वलीले प्रस्तुत गरेका हुन्। चलचित्रको निर्मातामा कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दिनेश राज बुढाथोकीले सम्हालेका छन्। चलचित्रमा मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझी, जानुका विश्वकर्मा, केशव रिजाल, धिरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, रामहरि खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेललगायतका कलाकारहरूको अभिनय रहेको छ। सिनेमालाई कुबेर सिने डिस्ट्रिब्युसनले देशभरका वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu