चलचित्र ‘बाकस’ निर्माण घोषणा, नवीन पन्तले निर्देशन गर्ने



नवीन पन्तको निर्देशनमा चलचित्र ‘बाकस’ बन्ने भएको छ । बिहीबार गुरु पूर्णिमाको अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । तिहारपछि छायांकन सुरु हुने चलचित्रलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य राखिएको छ ।

सार्वजनिक पोस्टरले चलचित्रको कथावस्तुलाई संकेत गरेको छ । एक व्यक्ति टाढाबाट गाउँतिर हेरिरहेका देखिन्छन् । उनको छेवैमा कफिन छ । आकाशमा प्लेन उडिरहेको छ । वैदेशिक रोजगारीमा गएर बाकसमा फर्किनुपर्ने नेपालीहरुको बाध्यताको कथामा चलचित्रआधारित हुने पोस्टरबाट अनुमान गर्न सकिन्छ ।

पिके इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको कथा निर्देशक पन्त स्वयंको हो । नेपाल र विदेशमा छायांकन हुने चलचित्रमा शंकर अधिकारी (घायल) र नारायण बस्नेतको गीत रहनेछ । हाल चलचित्रको स्क्रिप्ट तयार पार्ने काम भइरहेको र चाँडै कलाकार तथा प्राविधिकको छनोट गरिने निर्देशक पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu