चलचित्र ‘यो मन त मेरो नेपाली हो’ प्रदर्शनमा



देशभक्ति भावनाको कथावस्तुमा आधारित चलचित्र ‘यो मन त मेरो नेपाली हो’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । यसपालिको असार महिनाको यो पहिलो र अन्तिम रिलिज चलचित्र हो । यसले देशभर ५० बढी शो पाएको छ ।

मित्र प्रधान (नर)को निर्देशनमा बनेको चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, आयुशा समाल, बुद्धि तामाङ, मित्र प्रधान, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार लगायतको अभिनय रहेको छ ।

पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञान बहादुर प्रधानले निर्माण गरेका हुन् । शिवम् अधिकारीको लेखन रहेको चलचित्रमा सौरभ लामाको छायांकन, देव महर्जनको द्वन्द्व, समिर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी, बनिष शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu