
काठमाडौं – चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षमा बेरुजु फर्छ्योटमा कीर्तिमान कायम गरेको छ। बोर्डले कूल ९३ प्रतिशत बेरुजु फर्छ्योट गर्दै आर्थिक अनुशासन र पारदर्शितामा उल्लेखनीय सुधार ल्याएको हो। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुझाइएको वार्षिक प्रगति प्रतिवेदनमा यो तथ्याङ्क सार्वजनिक गरिएको छ।
बोर्डले विगतका वर्षहरूमा देखिएको बेरुजु व्यवस्थापनमा ठुलो फड्को मारेको छ। यसअघिका आर्थिक वर्षहरूमा बेरुजु फर्छ्योट ५० प्रतिशतभन्दा कम हुने गरेकोमा यस पटक दोब्बरभन्दा बढी सुधार देखिएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले यस उपलब्धिको श्रेय सुशासन, पारदर्शिता र परिणाममुखी कार्यशैलीलाई दिए।






