‘जदौ’मा प्रभातपाल ठकुरी र नीति शाहको जोडी देखिने



काठमाडौं – अन्तरजातीय प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जदौ’ मा अभिनेता प्रभातपाल ठकुरी र अभिनेत्री नीति शाह मुख्य भूमिकामा देखिने भएका छन्। हालका चर्चित मोडल तथा अभिनेता प्रभातपाल ठकुरी फिल्ममा नीति शाहको जोडीको रूपमा अनुबन्धित भएका हुन्।

चलचित्रको निर्देशन कसले गर्दैछ भन्ने कुरा सार्वजनिक नगरिए पनि, काजी लिम्बूले यसको लेखन र निर्माण परिकल्पनाको जिम्मेवारी सम्हालेका छन्। ‘जदौ’ मा प्रभातपाल ठकुरी अघि नै मुकुन भुसाल, ऋचा शर्मा र विनोद न्यौपाने जस्ता कलाकारहरू अनुबन्धित भइसकेका छन्। 

सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र सम्मिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने यस चलचित्रका सह-निर्माताहरूमा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu