‘अभिमन्यु’ को क्यारेक्टर पोस्टरमा कामेश्वर चौरासिया, भदौ २७ बाट प्रदर्शनमा आउँदै



काठमाडौं – आगामी भदौ २७ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘अभिमन्यु’ ले आफ्नो मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ। पोस्टरमा कामेश्वरलाई नीलो पृष्ठभूमिमा विराटनगर जिल्ला कारागारअगाडि चिच्याइरहेको अवस्थामा देख्न सकिन्छ, जसले कारागारबाट मुक्त भएपछिको उनको खुसी र भावनात्मक अवस्थालाई सङ्केत गरेको छ।

कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माता विनोद पौडेलको निर्माणमा बनेको ‘अभिमन्यु’ मा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला लगायतका कलाकारहरूको अभिनय रहेको छ। यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुनेछ। हिन्दी भर्सनको प्रदर्शन मिति भने असोज ६ गतेलाई तोकिएको छ।

सुशान्त गौतमको निर्देशनमा तयार भएको यस चलचित्रमा मुकेश खनालको लेखन, शरद महतोको सिनेमेटोग्राफी र मदन घिमिरेको सम्पादन रहेको छ। निर्माणमा विनोद पौडेललाई गुञ्जन गिरीले सघाएकी छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माताको रूपमा रहेका छन्।

‘अभिमन्यु’ पैसाको प्रलोभनमा परेर चक्रव्यूहमा फस्ने र त्यसबाट बाहिर निस्कन सङ्घर्ष गर्ने एक व्यक्तिको कथामा आधारित रहेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu