राष्ट्रिय चलचित्र अवार्ड २०८१: विजय र उपासना उत्कृष्ट (सम्पूर्ण सूची)



काठमाडौं – चलचित्र विकास बोर्डको आयोजना तथा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा राष्ट्रपतिको कार्यालय शीतल निवासमा सोमवार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८१’ समारोहमा अभिनेता विजय बराल  र अभिनेत्री उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री घोषित भएका छन्। बरालले ‘पूर्ण बहादुरको सारंगी’ चलचित्र र ठकुरीले ‘खुस्मा’ चलचित्रबाट पुरस्कार प्राप्त गरेका हुन्। 

उत्कृष्ट निर्देशक चलचित्र ‘शाम्बाला’को लागि मीनबहादुर भाम बने। ‘शाम्बाला’ नै उत्कृष्ट चलचित्र बन्यो। 

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी सभापति र सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ विशेष अतिथिको रूपमा  समारोहमा नेपाली चलचित्र क्षेत्रका दिग्गज कलाकार, निर्माता, निर्देशक तथा पत्रकारहरूको सहभागिता थियो।

राष्ट्रिय चलचित्र अवार्ड २०८१ विजेताहरूको सूची:

• उत्कृष्ट चलचित्र: शाम्बाला

• उत्कृष्ट अभिनेता: विजय बराल (पूर्ण बहादुरको सारंगी)

• उत्कृष्ट अभिनेत्री: उपासना सिंह ठकुरी (खुस्मा)

• उत्कृष्ट निर्देशक: मीनबहादुर भाम (शाम्बाला)

• उत्कृष्ट सम्पादक: भरत रेग्मी (पुजार सार्की)

• उत्कृष्ट छायाकार: पुरुषोत्तम प्रधान (पिताम्बर)

• उत्कृष्ट लेखन: दीपकराज गिरी (छक्का पञ्जा ५)

• उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र: गालय् वन (नेपाल भाषा)

निर्णायक समिति प्रोत्साहन पुरस्कार

• अभिनेता प्रदीप खड्का (पुजार सार्की)

विशेष योगदान सम्मान

प्रेम सुब्बा (कलाकार)

देविका वन्दना (गायिका)

दीर्घ गुरुङ (छायाकार)

अनुप बराल (कलाकार/निर्देशक)

परशुराम चौधरी (कलाकार/निर्देशक)

सुरक्षा पन्त (कलाकार)

नकिम उद्दिन (प्रदर्शक)

उत्तम केसी (कलाकार)

अन्जु रञ्जितकार (कलाकार)

निखिल उप्रेती (कलाकार/निर्देशक)

विशेष चलचित्र पुरस्कार

चे (लिम्बु)

दिलसरा (मगर)

मरणोपरान्त विशेष योगदान सम्मान

प्राविधिक (प्रकाश व्यवस्थापक) स्व. श्रवण मास्के (वि.सं. २०४६ मा चलचित्र ‘चिनो’ छायाङ्कनको क्रममा निधन भएको थियो)

चलचित्र दीर्घ साधना सम्मान

निर्देशक लक्ष्मीनाथ शर्मा

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu