‘जनै हराएको मान्छे’ टिजर: सपना र सम्बन्धको द्वन्द्वमा विजय बरालको सङ्घर्ष



काठमाडौं – विवाहको रमझमसँगै सुरु हुने र कोरिया जाने सपनामा केन्द्रित रहेको चलचित्र ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ को टिजर सार्वजनिक भएको छ । यो टिजरले दर्शकहरूलाई सपना, सङ्घर्ष, प्रेम र धोकाको एउटा गहन कथाको झलक दिएको छ ।

सार्वजनिक टिजरमा मुख्य पात्र विजय बरालको कोरिया जाने तीव्र आकाङ्क्षा स्पष्ट देखिन्छ । बुवासँगको नोकझोक र काठमाडौँ पुगेपछि आफ्नै गाउँलेबाट ठगिएका दृश्यहरूले उनको यात्रामा आउने जटिलतालाई उजागर गरेको छ । कोरिया पुग्ने सपना बोकेर काठमाडौँ छिरेका विजय कसरी यहाँ नै अलमलमा पर्छन् र उनको सपना कसरी गन्तव्यविहीन बन्दै जान्छ भन्ने कुरा टिजरमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ ।

यस चलचित्रमा विजय बरालका साथै केकी अधिकारी, मिरुना मगर, सुशांक मैनाली र भोलाराज सापकोटा जस्ता स्थापित कलाकारहरूको अभिनय रहेको छ । टिजरमा उनीहरूको सशक्त उपस्थिति देख्न सकिन्छ । यसका अतिरिक्त, रियर राई, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

हिमाल न्यौपाने निर्देशित यो चलचित्र पेपरक्लिपको ब्यानरमा निर्माण भएको हो । कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेको यस चलचित्रमा नारायण तिम्सिना, चूडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माताको रूपमा छन् । चलचित्रको असोसियट निर्देशकको जिम्मेवारी मनिष राउत ले सम्हालेका छन् ।

कथा, पटकथा र संवाद भानुभक्त ढकाल ले लेखेका हुन् । चलचित्रमा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रशान्त सिवाकोटीको सङ्गीत रहेको छ । यो चलचित्र यही भदौ ६ गते देशभर प्रदर्शनमा आउनेछ ।

टिजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu