चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक



काठमाडौं – आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोल’ को दोस्रो गीत ‘मुटुभित्र खिल छ हजुर’ सार्वजनिक भएको छ। बुधबार सार्वजनिक गरिएको यस मर्मस्पर्शी गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा सँगै गीतका सङ्गीतकार तथा गायक बाबुल गिरी पनि देखिएका छन्। गीतमा बाबुल गिरीको सङ्गीत तथा स्वर रहेको छ भने गोविन्द भट्टले यसका शब्द रचना गरेका हुन्। 

निर्देशक तथा निर्माताका अनुसार ‘सिटामोल’ ले बिम्बात्मक नेपाल र आम नेपालीको जनजीवन लाई चित्रण गर्दै परापूर्व कालदेखि नेपाली समाजमा जरो गाडेका कुसंस्कार हरूको चिरफार गर्ने प्रयास गरेको छ। चलचित्रले यिनै सामाजिक समस्याहरूको उठान गर्दै दर्शकको मन जित्ने लक्ष्य राखेको छ।

राज बहादुर साने निर्देशित यस चलचित्रमा सौगात मल्ल र बेनिशा हमालका साथमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल तथा बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ। श्रीकृष्ण र जानुकाले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गरेका हुन्।

तुल्सी देवी फिल्म प्राली ले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यस चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवार को प्रस्तुति रहेको चलचित्रमा भूगोल कुमार कार्की र विकाश राज जोशी निर्माता रहेका छन् भने अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गङ्गाराम श्रेष्ठ सह-निर्मातामा छन्।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu